काठमाडौं । भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने उक्त च्याम्पियनसिपका लागि यु–२० का मुख्य प्रशिक्षक मेघराज केसीले ३० सदस्यीय खेलाडीबाट अन्तिम टोलीको छनोट गरेका हुन् ।
छनोट हुने खेलाडीको गोलकिपरमा ईश्वर गुरुङ, उनेश चौधरी र जियारथ शेख छन् । यसैगरी डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिशेक वाइवा रहेका छन् । मिडफिल्डरमा दीपेश गुरुङ, आशिष राई, सन्दिप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिषरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान छन् भने फरवार्डमा दीपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् ।
उक्त प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, बङ्गलादेश, माल्दिभ्स र श्रीलंका गरी पाँच टोलीको सहभागिता रहेको छ । नेपालले उक्त प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । उक्त खेल यही साउन ९ गते हुनेछ । यसैगरी नेपालले आफनो दोस्रो खेल साउन ११ गते श्रीलँकाको सामना गर्नेछ भने तेस्रो खेल आयोजक भारतसँग खेल्नेछ । नेपालले भारतसँग साउन १५ गते खेल्नेछ । त्यस्तै नेपालले साउन १७ गते बङ्गलादेशको सामना गर्नेछ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्