विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८र७९मा कूल ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु. ४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१.४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको कार्यालयबाट निरन्तर प्रगति गुम्दै गएको पाइएको छ ।
कार्यालयले सङ्कलित राजस्वमा भन्सार महसुल रु.१५ अर्ब ३२ लाख छ हजार मूल्य अभिवृद्धि कर रु. २० अर्ब ८७ करोड ६७ लाख २९ हजार, अन्तःशुल्क रु। दुई अर्ब ५७ करोड ७२ लाख २९ हजार र अन्यबाट रु. एक अर्ब ९७ करोड छ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ ।
आव २०७७र७८ मा कार्यालयले कूल रु. ४० अर्ब ८१ करोड ९० लाख १३ हजार राजस्व सङ्कलन गरी ८८.४५ प्रतिशत प्रगति हासिल गरेको थियो । सो अवधिमा कार्यालयले रु। ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । -रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्