काठमाडौं । नेविसंघ पूर्वमहामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले संघीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दोलखाबाट उनले चुनाव लड्ने घोषणा गरेका हुन् । दोलखाबाट यसअघि सांसदमा उठेका जिपछिरिङ लामाले अबको निर्वाचनमा उम्मेदवारी नदिने संकेत गरेपछि उनको सम्भावना बढेको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ निवासी काफ्लेले दोलखाका जनतालाई विकासको अनुभूति दिलाउन उम्मेदवारी दिने बताएका छन् । दोलखाबाट हाल नेकपा एमालेका पार्वत गुरुङ सांसद छन् । गुरुङले २०७४ सालको संघीय निर्वाचनमा सम्भवतः सर्वाधिक मतान्तरले जितेका थिए । युवा तथा विद्यार्थी नेतामाझ लोकप्रिय काफ्लेले तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध लोकतन्त्र कि राजतन्त्र व्यवस्था रोज्न भन्ने सवालमा पशुपति क्याम्पस चाबहिलमा नमूना जनमतसंग्रह गराएका थिए ।
कांग्रेसभित्र कृष्ण सिटौला प्यानल हुँदै शेरबहादुर देउवा प्यालनमा पुगेका काफ्ले पछिल्लो पटक भएको कांग्रेस महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । उनी नेपाली कांग्रेसका निर्वाचित कान्छा केन्द्रीय सदस्य पनि हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्