काठमाडौं । काठमाडौंको फोहोर बोकेर गएका २ सय भन्दा धेरै गाडी सडोल पुगेर रोकीएका छन् । बञ्चरेडाँडामा आज पनि स्थानीयको अवरोध गरेकाले प्रहरी आईसकेपछि मात्रै फोहोरको गाडी अगाडि बढाउने तयारीमा सडोल पुगेका गाडीहरु रोकीएका हुन् ।
महानगरका प्रवक्ता नवीन मानन्धरले प्रहरी विना फोहोरको गाडी बञ्चरेडाँडामा पुर्याउन गाह्रो भएको जानाकारी दिएका छन् । उनले भने, ‘आज पनि आन्दोलनको तयारी गरको भन्ने खबर आएको छ । अब प्रहरी आएपछि मात्रै फोहोरको गाडी अगाडी बढाउनेछौं ।’
मंगलबार प्रहरी बल प्रयोग गरेर १ सय ८६ गाडी फोहोर फालेको थियो । स्थानीयले गरेको अवरोधलाई चिर्न प्रहरीले हानेको रबर गोलीले लागेर एक जना घाइते भएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्