व्यास । व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ । विद्युत् सर्ट हुन गई आगलागी हुँदा पसलमा रहेका तरकारी र फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको हो ।
व्यास नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, स्थानीयवासीको सक्रिय सहभागितामा आगोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रातका समयमा आगलागी भए पनि जनशक्ति समयमा जुट्दा अन्य क्षति हुनबाट जोगिएको उनले बताए । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्