दोलखा । दोलखामा स्काभेटर मर्मत गरेर फर्किने क्रममा डुंगा रुखमा ठोक्किएर पल्टिँदा बेपत्ता भएका युवकको शव भेटिएको छ । जिल्लाको बिगु गाउँपालिका १ लामानगरस्थित दुगड जलविद्युत आयोजनाको कामदार चढेको डुंगा तामाकोशीमा पल्टिँदा बेपत्ता भएका २७/२८ वर्षका रमेश बस्नेतको शव भेटिएको हो ।
साउन २३ गते जलविद्युत आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित ८ जना कामदार डुंगा चढेर गएका थिए । स्काभेटर मर्मत गरेर फर्किने क्रममा डुंगा रुखमा ठोक्किएर पल्टिँदा रामेछापको उमाकुण्ड गाउँपालिका १ वाल्दिङ घर भई नासा हाइड्रोपावरको मिस्त्री काम गर्ने बस्नेत बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सानु तामाङका अनुसार उनको शव १७ दिनपछि फेला परेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलास गर्ने क्रममा बुधबार विहान १० बजे शव भेटिएको प्रहरीले जनाकारी दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्