संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल युएईसँग पराजित भएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईएसँग ६८ रनले पराजित भएको हो । युएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १३९ रनमा समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रनको योगदान दिए । त्यस्तै सन्दीप लामिछाने २६ रनमा अविजित रहँदा आसिफ शेखले १७ रन जोडे ।
युएईका रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान ३/३ विकेट लिए भने जुनेद सिद्दिकीले २ विकेट झारे । जाहोर खान र सविर अलिले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो । युएईका लागि ओपनर आसिफ खानले सर्वाधिक ७२ रनको योगदान दिएका थिए भने रोहन मुस्ताफले अविजित ५२ जोडेका थिए ।
त्यस्तै आर्यन लाक्राले २८ रन बनाए भने कप्तान सीपी रिजवानले २२ तथा वृत्य अरविन्दले १८ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसी, कुशल मल्ल र आरिफ शेखले समान १/१ विकेट झारे । जितसँगै युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ । पराजित नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित २८ अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्