काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन मंगलबारदेखि पोखरामा सुरु हुँदै छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनको उदघाटन पोखरा सभागृहमा गर्ने छन् ।
यस्तै, बन्दसत्र भने बुधबार पोखरा पार्टी प्यालेसमा हुने भएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माका अनुसार सम्मेलनमा पार्टी सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत सहभागी हुनेछन् । बन्दसत्रमा गण्डकी प्रदेश कार्यसमितिका सहित ५ सय जना प्रतिनिधिले भाग लिनेछन् ।
संघीयतापछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गरिरहेको छ । यसअघि गत मंसिर १६ र १७ गते नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन भएको थियो । मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते र कोशीको पुस ९ गते प्रदेश सम्मेलन हुने नेपाली कांग्रेसले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्