काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छठ पर्व मनाउन विभिन्न ८ स्थान तोकेको छ । मेयर बालेन शाहका अनुसार महानगरले गौरीघाटको वडा नं.८, कोटेश्वर दोभानस्थित वडा नं. ३२, कमलपोखरीको वडा नं. १ वंशीघाटको ११ नं. वडा र बालाजु बाइसधाराको वडा नं. १६ सहित धौखेल खोला, कुमारी क्लब तथा भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाउन स्थल व्यवस्थापन गरिएको जानकारी दिए ।
काठमाडौँ महानगरपालिकाले ती स्थानमा छठ पर्व मनाउन पोखरी सरसफाइ, पोखरी वरिपरि रङरोगन र छठ पर्वस्थल व्यवस्थापनको काम द्रूत गतिमा गरिरहेको उनले बताएका छन् । यस कार्यमा सम्बन्धित वडा कार्यालय पनि खटिरहेको मेयर शाहले बताए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्