काठमाडौँ । पशुलाई निर्दयी व्यवहार गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका–३ मानगणका ३८ वर्षीय हेम श्रेष्ठ, सोही ठाउँका २७ वर्षीय रमेश श्रेष्ठ, सुनसरीको कुसाहा नगरपालिका–१३ नहरचोकका ५५ वर्षीय इसाद आलम र सोही ठाउँका २७ वर्षीय समिम आलम छन् ।
मंगलबार दिउँसो कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ।प्र ०३–००१ ख १९९२ नम्बरको ट्रकमा पशुलाई निर्दयी तरिकाले ओसारपसार गरेको पाइएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
२४ वटा गोरुलाई यातना हुने गरी पुच्छर समेत बाँधेर, मुन्टो ठाडो पारेर नथीमा बाँधेर ओसारपसार गरेको पाइएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले बताए । त्रिपालले पुरै ट्रक छोपेकाले गोरुलाई स्वासप्रस्वासमा समेत समस्या भएको बताइएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्