काठमाडौँ । सुनको भाउ शुक्रबार पनि तोलामा आठ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५३ हजार तीन सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ एक हजार आठ सय ४० रुपैयाँ रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्