काठमाडौँ । ताप्लेजुङमा मंगलबार यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनरत मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले यातायात बन्दको आह्वान गरेको हो ।
बन्दका कारण निजी तथा सार्वजनिक सवारीसाधन ठप्प रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिए । एम्बुलेन्ससहित आकस्मिक सेवाका सवारीसाधनमा भने अवरोध नरहेको उनले बताए । उनका अनुसार, व्यापार–व्यवसाय, कार्यालय भने खुला छन् ।
पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने बताउँदै आएका स्थानीवासी र प्रहरीबीच गएको शनिबार झडप भएको थियो । त्यसक्रममा प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएका दुईसहित तीन प्रदर्शनकारीको उपचार जारी छ ।
उक्त घटनापछि संघर्ष समितिले यातायात बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्