Skip to content

जेनजी आन्दोलनका क्रममा थुप्रै बैंक लुटिए, ५ करोड नगद र १८ केजी सुन चोरी !

कालोपाटी

३ महिना अगाडि

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा बैंकहरु लुटिएका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलका अनुसार संसद भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी सुन लुटिएको हो । यो रकम लगभग ३७ देखि ३८ करोड नेपाली रुपैयाँ बराबरको छ।

गभर्नर पौडेलले राष्ट्र बैंककै केही डिभिजनमा पनि आक्रमण र क्षति पुगेको जानकारी दिएका छन्। उनले राष्ट्र बैंक परिसर बाहिर एनआरएनए भवनमा आक्रमण भएका कारण केही डिभिजनमा क्षति पुगेको जनाएका छन्।

आन्दोलनकारीहरुले भने देशभरका ६८ शाखा कार्यालय र ६९ एटीएम मेसिनमा क्षति पुर्याएका थिए। सबैभन्दा ठूलो लुटपाट भने संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा भएको छ। जहाँ ठूलो परिमाणमा नगद र सुन चोरी भएको छ।

यस घटनाले नेपालको बैंकिङ प्रणालीको सुरक्षा र डिजिटल पेमेन्ट प्रणालीको स्थिरतालाई चुनौती दिएको छ।

प्रतिक्रिया दिनुहोस्