काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ। यस सेसनमा नेप्से २.६४ अंकले बढेर २६४३.१८ विन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिन बिहीबार नेप्से ४.५९ अंकले बढ्दै २६४०.५४ विन्दुमा बन्द भएको थियो। यससँगै सेन्सेटिभ इण्डेक्स पनि १.०४ अंकले वृद्धि भएको छ।
प्रि–ओपन सेसनमा ४८ वटा स्टकको १०३ पटक कारोबार हुँदा कुल ८५ लाख ३२ हजार १६३ रुपैयाँ ७० पैसाको ११ हजार ३८७ कित्ता शेयर किनबेच भएको छ। कारोबार भएका स्टकमध्ये २३ वटाको मूल्य बढेको छ भने १७ वटाको मूल्य घटेको छ। बाँकी ८ वटा स्टकको मूल्य भने स्थिर रहेको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्