Skip to content

प्रचण्डले गरे रुकुम पूर्वबाट उम्मेदवारी दर्ता

कालोपाटी

३ घण्टा अगाडि

 काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्तापछि प्रचण्डले मतदातालाई आह्वान गर्दै भने, “भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा सङ्कल्पसहित, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तारा चिह्नमा आफ्नो अमूल्य मत प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु।”

प्रचण्ड अघिल्लो निर्वाचनमा गोरखा–२ बाट विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार