Skip to content

‘सामाजिक सञ्जालबाट चुनावबारे गलत सन्देश दिने उम्मेदवारलाई कारबाही गर्नुपर्छ’ : मदनकुमारी साह

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौँ । नेकपा राष्ट्रिय सभाकी प्रमुख सचेतक मदनकुमारी साहले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

बुधबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै साहले सामाजिक सञ्जालमा गलत र भ्रामक सन्देश फैलाउने उम्मेदवार वा व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरिन्।

साथै उनले मतदातालाई अपिल गर्दै भनिन्, “सामाजिक सञ्जालमा आएको सबै कुरा सत्य हुँदैन। भेरिफाइ गरेर मात्रै बुझौँ। गलत सन्देश दिने काम कुनै पनि दल वा उम्मेदवारले गर्न मिल्दैन।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार