Skip to content

रास्वपामा अर्यालको संयोजकत्वमा ५१ सदस्यीय चुनावी समिति गठन

कालोपाटी

१ दिन अगाडि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ।

पार्टीका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ मत प्राप्त गरी सक्षम सरकार निर्माण गर्ने लक्ष्यसहित केन्द्रीय समिति बैठकको निर्णयअनुसार उक्त समिति गठन गरिएको हो। समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन्।

अर्याल नेतृत्वको समितिअन्तर्गत सातै प्रदेशमा समन्वय समिति गठन गरी समन्वय सचिव र सदस्यहरू तोकिएको रास्वपाले जनाएको छ।

यसका अतिरिक्त पार्टीले आन्तरिक समन्वय, प्रशासनिक समन्वय तथा सञ्चार समन्वयसम्बन्धी तीनवटा विशेष समिति समेत गठन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार