Skip to content

उपत्यकामा ‘उज्यालो नेपाल’ को चुनावी यात्रा प्रारम्भ

कालोपाटी

१ दिन अगाडि

काठमाडौँ । उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङसहित काठमाडौँ उपत्यकाका १५ उम्मेदवारले आज गणेश मन्दिरको दर्शन गरी चुनावी यात्रा प्रारम्भ गरेका छन्।

यात्रा अवधिमा उम्मेदवारहरूले कालभैरव, इन्द्रचोक, वसन्तपुर, नरदेवी लगायतका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलको दर्शन गरेका छन्। पार्टीले यस कार्यक्रममार्फत धार्मिक सहिष्णुता, सांस्कृतिक संरक्षण र शान्तिको सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।

पार्टी अध्यक्ष घिसिङले जनताबाट प्राप्त समर्थन र हौसलाको आधारमा निर्वाचनमा मत पाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार