काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले आफूहरूको पार्टी मात्रै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने दल भएको बताएका छन्।
रामेछापको कार्यक्रमलाई सम्बोधन गर्दै शर्मा भन्छन्, “अघिल्लो चुनावमा गठबन्धनको कारण हामी कम क्षेत्रमा मात्रै चुनाव लडेका थियौं। अहिले सबै समुदायलाई समेट्ने प्रयास गरेका छौँ।”
उहाँले पार्टीभित्र सबै पक्षलाई सन्तुलन मिलाएर टिकट वितरण गरिएको पनि उल्लेख गर्दै भने, “कांग्रेसीहरुले मतपत्रमा कुन चिन्हमा भोट हाल्ने भनेर खोज्नुपर्ने अवस्था समाप्त भयो। अब सबैले रुख चिन्हमा भोट हाल्न सक्नेछन्। अरू कुनै दलले १६५ वटै क्षेत्रमा उम्मेदवार उठाएका छैनन्।”
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्