Skip to content

निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन

कालोपाटी

१ दिन अगाडि

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनको क्रममा सूचना प्रवाहमा राजनीतिक दल र सञ्चारमाध्यम जिम्मेवार हुन निर्देशन दिएको छ।

आयोगका प्रवक्ता गगन विष्टका अनुसार, भ्रामक, मिथ्या वा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा असर पुर्याउन सक्छ। सबै सरोकारवालाले तथ्य र यथार्थमा आधारित सूचना सार्वजनिक गर्नुपर्ने, सञ्चारमाध्यमले निष्पक्षता र समान पहुँच पालना गर्नुपर्ने, र कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारको रूपमा नप्रकाशित गर्नुपर्ने आयोगले बताए।

साथै, सर्वसाधारण नागरिकले सूचना सेयर गर्नु अघि स्रोतको आधिकारिकता र विश्वसनीयता जाँच गर्नुपर्ने पनि आयोगले सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार