काठमाडौं । गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट, छेडछाड वा थपघट गरे कडा कारबाही गरिने स्पष्ट पारेको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० विपरीत प्रमाणपत्र जारी गरेको पाइएमा सम्बन्धित व्यक्ति तथा निकायलाई कारबाही गरिने जनाएको हो।
विज्ञप्तिमा कानुन विपरीत गरिएका काम–कारबाहीको विवरण नेपाल प्रहरीले जारी गर्ने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख हुने जनाइएको छ। यसले वैदेशिक अध्ययन, भ्रमण, रोजगारी तथा अन्य प्रयोजनमा जाने क्रममा प्रत्यक्ष असर पर्ने मन्त्रालयको भनाइ छ।
मन्त्रालयले कसूरजन्य कार्यमा संलग्न नहुन, मौजुदा कानुनी व्यवस्था, विधि र प्रक्रिया अनुसार मात्र काम–कारबाही गर्न र गराउन सबै सरोकारवालालाई सचेत गराएको छ। तोकिएको प्रक्रिया पालना नगरेमा भविष्यमा त्यसको प्रतिकूल असर सम्बन्धित व्यक्तिलाई नै पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्