काठमाडौँ । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै ३४ पुलको निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएका ३३ पुलबाट सवारीसाधन सञ्चालन भइसकेको नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले जनाएको छ।
योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार अरुण खोला पुलको आठौँ स्पानको ढलान सम्पन्न भएपछि सबै पुल निर्माण पूरा भएको हो। यस खण्डमा २२ वटा साना (२५ मिटरसम्म) र १२ वटा ठूला (२५ मिटरभन्दा लामो) पुल निर्माण गरिएको थियो।
साना पुलहरू सञ्चालनमा आइसकेका छन् भने ठूला पुल निर्माणको क्रममा रहेको भए पनि यातायात अबैठिक रूपमा सञ्चालन भइसकेको छ। अरुण खोला पुलबाट फागुन २१ गतेको निर्वाचनअगावै यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको खनालले बताए।
पूर्वी खण्डमा सडक विस्तारको काम तीव्रगतिमा अगाडि बढेको छ। नारायणघाटदेखि दाउन्नेसम्म करिब ६५ किलोमिटर सडकमध्ये दाउन्नेबाहेकका अधिकांश ठाउँमा कालोपत्र सम्पन्न भइसकेको छ। दाउन्ने क्षेत्रमा बाँकी सडक ढलान, कल्भर्ट निर्माण, बाटो चौडाइ बढाउने र पहिरो नियन्त्रणका कामहरू जारी छन्।
पूर्वी खण्डको भौतिक प्रगति हाल ७६ प्रतिशत पुगेको छ। सडक विस्तारका लागि नेपाल सरकारले चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडसँग विसं २०७९ माघ २४ मा सम्झौता गरेको थियो। दुवै खण्डको लागत करिब १७ अर्ब रहेको छ, जसमा एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोग छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्