काठमाडौं । हेटौँडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दाको सुनुवाइ आठौँ पटकका लागि पेसी तोकिएको छ। सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा हुनेछ।
मुद्दा यसअघि सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि दायर गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तथा पूर्व सांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले सडक विस्तारको क्रममा स्थानीय सम्पत्तिको अधिकार र मुआब्जा नपाएको भन्दै रिट दायर गरेका थिए।
डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतका निकायहरूले सडक विस्तारको प्रक्रिया अघि बढाएपछि मङ्सिर १६ गते स्थानीयहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यस मुद्दामा सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विपक्षी बनाइएको थियो।
यसअघि मङ्सिर ९ गते सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि मङ्सिर २६ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश र अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। त्यही दिन न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले ‘मिसिल झिकाउने आदेश’ पनि जारी गरेको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्