Skip to content

रास्वपा नेता खनालले भने : ‘मध्यम वर्गीय परिवार लक्षित गरेर बाचापत्र ल्याउँछौँ’

कालोपाटी

१९ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि पार्टीले रोजगार सिर्जना र मध्यम वर्गीय परिवार लक्षित वाचापत्र ल्याउने बताएका छन्। जेनजी आन्दोलनपछिको मुख्य माग रोजगार भएकाले यसैमा केन्द्रित हुने उनले बताए।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘दलको घोषणा पत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा बोल्दै खनालले निजी क्षेत्रलाई सहज वातावरण सिर्जना गर्न कानुन निर्माणमा जोड दिने बताए। उनले उदार अर्थतन्त्रमा विश्वास राख्दै सामाजिक न्यायलाई समेत समावेश गर्ने योजना रहेको जानकारी दिए।

खनालले पर्यटन क्षेत्र विकास, प्रविधि र हाइड्रो परियोजनामा प्राथमिकता दिने, सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने र १० वर्षभित्र सम्मानजनक मध्यम आय मुलुक बन्ने लक्ष्य राखेको बताए। पूर्वाधारमा लगानी तीव्र बनाइ ३० हजार मेगावट विजुली उत्पादन गर्ने र विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने योजना पनि घोषणापत्रमा समावेश हुने उनले बताए।

उनले सुशासन र पारदर्शी नियामक प्रणाली बिना अर्थतन्त्र बलियो हुन नसक्ने र बहुमत नआए घोषणा पत्र कार्यान्वयन नहुने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार