काठमाडौँ । रोजगारीका क्रममा विदेश पुगेपछि अलपत्र परेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको झण्डै तीन महिनापछि उद्धार गरिएको छ। सर्बियाबाट इटली जाने क्रममा डुङ्गा दुर्घटनामा परेर घाइते भएका विकको विभिन्न निकायको समन्वयमा उद्धार भएको हो।
जिल्ला प्रशासन कार्यालयअन्तर्गतको आप्रवासी स्रोत केन्द्रको पहलमा वैदेशिक रोजगार बोर्ड, परराष्ट्र मन्त्रालय तथा जर्मनीस्थित नेपाली राजदूतावासको समन्वयमा गएको कात्तिक २५ गते भएको दुर्घटनापछि अलपत्र बनेका विकलाई उद्धार गरिएको हो। हालै जन्मथलो फर्किएका विकले आफूले नयाँ जीवन पाएको अनुभूति गरेको बताएका छन्।
विकका अनुसार सर्बियामा काम र तलब नपाएपछि इटली जाने क्रममा आफू सहित १३ जना नेपाली सवार डुङ्गा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएपछि स्थानीय प्रहरीले उद्धार गरी उपचार गरे पनि राहदानी तथा अन्य कागजात नहुँदा उनी अलपत्र परेका थिए। आफूलाई विदेश पुर्याउने व्यक्तिहरूले बेवास्ता गरेपछि परिवारमार्फत आप्रवासी स्रोत केन्द्रमा जानकारी गराइएको र त्यसैका आधारमा उद्धार सम्भव भएको उनले बताए।
चिसो पानीमा डुबेको र धेरै पानी निलेका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिए पनि हाल अवस्थामा सुधार आएको छ। तर आन्द्रासम्बन्धी समस्या अझै निको हुन नसकेको विकले बताएका छन्। उनीहरू सर्बियामा अपेक्षित काम र पारिश्रमिक नपाएपछि अवैध बाटो हुँदै इटली जान खोज्दा दुर्घटनामा परेका हुन्।
आप्रवासी स्रोत केन्द्र म्याग्दीका अनुसार भुवन विककी श्रीमती मीनाले गएको पुस २३ गते निवेदन दिएपछि सम्बन्धित निकायसँग समन्वय गरी उद्धार प्रक्रिया अघि बढाइएको थियो। प्रतिव्यक्ति ११ लाख रुपैयाँ खर्च गरी सर्बिया पुगेका म्याग्दीका अन्य तीन जना पनि अपेक्षित काम नपाएपछि स्वदेश फर्किसकेका छन्।
उक्त दुर्घटनामा बेनी नगरपालिका–९ काउलेगौँडाका बिष्णे सार्की बेपत्ता भएका छन्। हालसम्म उनको अवस्था अज्ञात रहेकाले खोजी तथा उद्धारका लागि आफन्तले आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएका छन्। बिष्णे
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्