Skip to content

सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले बढ्यो

कालोपाटी

२० घण्टा अगाडि

काठमाडौँ । पछिल्ला दुई दिनमा तीव्र गिरावट आएको सुनको मूल्य आज पुनः बढेको छ। दुई दिनमा प्रतितोला ५३ हजार रुपैयाँसम्म घटेको सुनको मूल्य मंगलबार प्रतितोला ३ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ पुगेको छ। यसअघि गत शुक्रबार र सोमबार सुनको मूल्यमा उच्च गिरावट देखिएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। सोमबार प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, अमेरिकी डलरको मूल्य र माग–आपूर्तिको अवस्थाले सुनचाँदीको मूल्यमा प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार