Skip to content

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

कालोपाटी

५ दिन अगाडि

काठमाडौं। प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले मंगलबारबाट लागू हुने गरी उनलाई चार वर्षका लागि नियुक्त गरेको हो।

अघिल्लो अशोक शेरचनको राजीनामा पश्चात रिक्त रहेको प्रमुख कार्यकारी पदमा सुमन शर्मा नियुक्त भएका हुन्। शर्मा २५ वर्षभन्दा बढी बैंकिङ अनुभव र १० वर्षभन्दा बढी उच्च व्यवस्थापनको अनुभव भएका विशेषज्ञ हुन्।

सुमन शर्मा सनराइज बैंक र माछापुच्छ्रे बैंकमा भइसकेका छन्। सनराइज बैंक लक्ष्मी बैंकसँग मर्जर भएपछि उनी बैंकिङ क्षेत्रबाट बाहिर गएर केही समय अध्यापनमा आबद्ध भएका थिए। उनले ग्लोबल आइएमई बैंकमा करिब १ वर्ष काम गरेका थिए र एनएमबि बैंकमा पनि अनुभव हासिल गरेका छन्।

हालसालैसम्म उनी काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा भिजिटिङ फ्याकल्टीका रूपमा एमबीएका विद्यार्थीलाई पढाइरहेका थिए। शर्मा अर्थशास्त्र, व्यवस्थापन र भौतिकशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार