Skip to content

मतदाता परिचयपत्र नभए पनि ६ प्रकारका सरकारी कागजातले मतदान गर्न पाइने

कालोपाटी

१९ घण्टा अगाडि

काठमाडौँ । निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएमा पनि मतदान गर्न सकिने स्पष्ट पारेको छ। आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाण पत्र र मतदाता परिचयपत्रमा उल्लिखित अन्य सरकारी कागजातमध्ये कुनै एक लिएर पनि मतदान गर्न पाइनेछ।

निर्वाचनमा सहभागी हुनका लागि मतदाता नामावलीमा नाम दर्ता हुनु अनिवार्य छ। नाम दर्ता भएका मतदाताले मतदान गर्दा सामान्यतया मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ। तर परिचयपत्र नभएको वा नष्ट भएको अवस्थामा माथिका कागजातमध्ये कुनै एक लिएर मतदान गर्न सकिने आयोगले जनाएको छ।

आगामी २१ फागुनमा निर्वाचन हुँदैछ। निर्वाचन आयोगले मतदाता सम्बन्धी प्रश्नका लागि कल सेन्टरमार्फत जानकारी समेत प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार