Skip to content

‘फागुनको पहिलो साता पार्टी र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउँछ’ : बालेन शाह

कालोपाटी

५ दिन अगाडि

काठमाडौँ । आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र (बालेन) शाहले झापा–५ का सुकुम्बासी बस्तीका स्थानीयहरूसँग मंगलबार छलफल गरेका छन्।

स्थानीयहरूले विभिन्न एजेन्डा र नीतिका बारेमा प्रश्न गरेपछि बालेनले सबै एजेन्डा समेटेर विस्तृत घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका छन्। उनले फागुनको पहिलो साता पार्टीको, प्रधानमन्त्री उम्मेदवारको र झापा–५ को छुट्टाछुट्टै घोषणापत्र आउने बताए।

बालेनले स्वास्थ्य, शिक्षा, पूर्वाधार र व्यापारसम्बन्धी स्पष्ट तथा छुट्टाछुट्टै नीतिहरू ल्याउने योजना रहेको बताए। कार्यक्रममा सहभागी स्थानीयले युवा नेतृत्वप्रति ठूलो आशा व्यक्त गर्दै देश परिवर्तनका लागि बालेनको योजनाबारे जानकारी पाउने आतुरता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार