Skip to content

६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स, वृद्धिदर ३९ प्रतिशत

कालोपाटी

५ दिन अगाडि

काठमाडौँ । चालू आर्थिक वर्षका बितेका ६ महिनामा कुल १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार अघिल्लो महिना पुसमा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

गत आर्थिक वर्षको पुस महिनामा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा चालू आर्थिक वर्षका पहिलो ६ महिनामा देशको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक देखिएको छ।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक आधारमा उपभोक्ता मूल्य सूचकाङ्क (CPI) अनुसार मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ। यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ, जुन अमेरिकी डलरमा २२ अर्ब १७ करोड बराबर हो।

चालू खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ र शोधनान्तर ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ। निर्यात ४३.८ प्रतिशतले वृद्धि भएको छ भने आयात १४.२ प्रतिशतले बढेको देखिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप परिचालन ५.७ प्रतिशतले र निजी क्षेत्रमा कर्जा प्रवाह ३.६ प्रतिशतले बढेको छ। वार्षिक आधारमा निक्षेपको वृद्धिदर १४.८ प्रतिशत र कर्जाको वृद्धिदर ६.७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार