काठमाडौं । लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।
विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश जारी गरेकोमा गुप्ताले सो आदेश बदर गर्न निवेदन दिएका हुन्। निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको छ।
पूर्वमन्त्री गुप्ताले अदालतमा आफूमाथि लागेको आरोप झूटो भएको र कसैसँग घुस नलिएको दाबी गरेका छन्। तर अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको थियो।
गुप्तामाथि आरोप छ कि उनी तत्कालीन मन्त्री भएर कास्की मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने आश्वासनसहित घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गुप्ता र पूर्वमन्त्री रन्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गरी कार्य सुविधा प्रदान गर्नका लागि २५ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको थियो।
यसअघि गुप्ताको निवेदनमा न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्य प्रतिवादीको निवेदन परे/नपरेको बुझ्न आदेश गरेको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्