Skip to content

झापा-५ स्थित रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ  । झापा–५ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालय रहेको घरमा गएराति ढुंगा प्रहार भएको छ। कमल गाउँपालिका–२ मा रहेको जयप्रकाश अधिकारीको घरमा सम्पर्क कार्यालय सञ्चालन हुँदै आएको छ।

प्रहरीका अनुसार राति ढुंगा प्रहार हुँदा घरको झ्यालको सिसा फुटेको छ। रास्वपाको सम्पर्क कार्यालय घरको माथिल्लो तलामा सञ्चालनमा रहेको भए पनि ढुंगाले घरबेटी बस्ने कोठाको सिसा फुटेको झापा प्रहरीले जनाएको छ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले सम्पर्क कार्यालय रहेको कोठामा भने कुनै क्षति नभएको जानकारी दिए।
‘ढुंगा प्रहारका कारण अधिकारीको घरको झ्यालको सिसा फुटेको भन्ने जानकारी आएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ,’ ।

यस घटनाप्रति प्रतिक्रिया दिँदै रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले सम्पर्क कार्यालय रहेको घरमा ढुंगा प्रहार हुनु गम्भीर विषय भएको भन्दै निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरे।

प्रहरीले घटनामा संलग्नको पहिचान र कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार