काठमाडौँ । प्रहरीले काठमाडौँको नागार्जुन नगरपालिका–६ महांकाल क्षेत्रबाट ६५ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बाँके घर भएका प्रेम चौधरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार चौधरीले गत मंगलबार बौद्धस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरका सुनका गहना चोरी गरी फरार भएका थिए। काठमाडौँका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध चोरीका घटनाबारे अनुसन्धान गर्दै आएको प्रहरीले उनलाई पछ्याउँदै गएराति नागार्जुन क्षेत्रमा नियन्त्रणमा लिएको हो।
प्रहरीले पक्राउ गर्न खोज्दा चौधरीले उल्टै प्रहरीमाथि आक्रमण गरेपछि बाध्य भएर गोली चलाएर पक्राउ गरिएको जनाएको छ। घटनामा एक जना प्रहरी हवल्दार सामान्य घाइते भएका छन्।
प्रहरीका अनुसार चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद रकम तथा घरेलु हतियार बरामद गरिएको छ। पछिल्लो समय काठमाडौँमा शृङ्खलाबद्ध चोरीका घटनाहरू बढ्दै गएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्