Skip to content

महेश बस्नेतका प्रतिस्पर्धी राणाको जिकिरः ‘भक्तपुर-२ मा म जतिको योग्य कोही छैनन्’

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेस भक्तपुर–२ का उम्मेदवार कविर राणाले आफूविरुद्धको प्रतिस्पर्धीहरू राजनीतिक र शैक्षिक हिसाबले परिपक्व नभएको दाबी गर्नुभएको छ।

आज पत्रकार सम्मेलनमा राणाले भन्नुभयो, “शैक्षिक योग्यताको हिसाबले पनि म जतिको योग्य कोही देख्दिनँ। विगतमा निरन्तर जित्दै आएको हाम्रो अनुभव र पार्टी एक ढिक्का भएको कारण यहाँ हाम्रो जित सुनिश्चित छ।”

भक्तपुर–२ बाट राणा बाहेक एमालेका महेश बस्नेत, नेकपा (एकीकृत समाजवादी) का रामप्रसाद सापकोटा दीपशिखा, र रास्वपा का राजीव खत्री पनि उम्मेदवार छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार