Skip to content

नेपाल टेलिकमको फोर-जी सेवा ७ सय ४९ पालिकामा विस्तार

कालोपाटी

२० मिनेट अगाडि

काठमाडौँ ।  नेपाल टेलिकमले देशभरका ७ सय ४९ वटा पालिकामा फोर–जी सेवाको पहुँच विस्तार गरेको छ। टेलिकमको २२औँ वार्षिकत्सवका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले चार वटा पालिका बाहेक सबैमा फोर–जी सेवा पुगेको जानकारी दिनुभयो।

नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात् गर्दै गुणस्तरीय सेवा उपलब्ध गराइँदै आएको उल्लेख गर्दै उहाँले फाइबर टु द होम सेवाको विस्तारसँगै उच्च गतिको इन्टरनेट ग्रामीण क्षेत्रमा समेत पहुँचमा आएको बताउनुभयो। दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच बढाउन थप पूर्वाधार निर्माण आवश्यक रहेको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार