काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ। २००७ साल फागुन ७ गते राणाशासनको अन्त्य भई नेपालमा प्रजातन्त्र स्थापना भएको स्मरणमा फागुन ६, ७ र ८ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरिने भएको हो।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ। समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरू, मुख्यसचिव, प्रधानसेनापति, सचिवहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य रहेका छन्।
गृह मन्त्रालयका सचिव समितिको सदस्य–सचिव रहनेछन्। निर्णयअनुसार देशभरका सरकारी निकायसँगै विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा पनि विविध कार्यक्रम आयोजना गरिनेछ।
प्रजातन्त्र दिवसको मूल समारोह सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिने सरकारको निर्णय छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्