Skip to content

ओली शुक्रबार झापा जाँदै

कालोपाटी

२ दिन अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन्। प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार रहेका ओली चुनावी प्रचारप्रसारका कार्यक्रमका लागि झापा जान लागेका हुन्।

निकट स्रोतका अनुसार ओली मध्यान्ह हवाई मार्गमार्फत झापा प्रस्थान गर्नेछन्।

झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण उक्त निर्वाचन क्षेत्रको प्रतिस्पर्धा पेचिलो बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार