काठमाण्डौ । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परि हिजो १३ जनाको ज्यान गएपछि पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले विज्ञप्ति निकाल्दै घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । आज नगरपालिका कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरू बन्द गरिएको छ ।
अत्यावश्यक सेवाहरू भने यथावत् सञ्चालनमा रहने विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर कापडीले दुःखको घडीमा सबैलाई संयमित हुन अनुरोध गर्नुभएको छ ।
हिजो बेलुकी पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस पुर्चौडीको बडगाउँ मोडमा पल्टिएको थियो । दुर्घटनामा परि ८ जनाको घटनास्थलमा र ५ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा परेर ३४ जना घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरा, बझाङ र धनगढीमा उपचार भईरहेको छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्