काठमाडौं । निर्वाचन आयुक्त सगुन शमशेर जबराले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताएका छन्।
शुक्रबार निर्वाचन आयोगमा आयोजित पर्यवेक्षक अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “पर्यवेक्षणमा खटिने हरेक व्यक्तिले नेपालको संविधान, निर्वाचन कानून र वर्तमान वस्तुस्थिति सम्बन्धमा स्पष्ट जानकारी राख्नुपर्छ। विगतका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण संघ संस्थाहरूले निर्वाचनको विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्, यसपटक पनि त्यसै अपेक्षा गरिएको छ।”
आयुक्त जबराले निर्वाचन आयोगले जारी गरेको निर्वाचन पर्यवेक्षण निर्देशिका र आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराए। उनीहरूले पर्यवेक्षकहरूलाई निर्वाचनका लागि महत्वपूर्ण सरोकारवालाहरू र ‘आँखा’ को संज्ञा दिँदै, अभिमुखीकरण तालिमबाट सिकेका कुराहरू व्यवहारमा उतार्न समेत आग्रह गरेका छन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्