Skip to content

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

कालोपाटी

१३ घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगारीको नाममा रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर विदेश पठाइदिने भन्दै रकम ठगी गरेको उजुरीका आधारमा अनुसन्धान गर्दै उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पञ्चखाल नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३५ वर्षीय रुपेश लामिछाने रहेका छन्। उनले अस्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

त्यस्तै, धादिङको खनियाबास गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३५ वर्षीय हीरा तामाङ पनि पक्राउ परेका छन्। उनीले स्लोभाकिया पठाइदिने भन्दै एक जनाबाट ८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुवै जनालाई सम्बन्धित स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार