काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् ।
प्रहरीले शुक्रबार काठमाडौंको चाल्नाखेलबाट प्रसाईँलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रसाईँ दुई साताअघि मात्र हाजिरी जमानीमा रिहा भएका थिए । तर, पुनः उजुरीका आधारमा उनलाई प्रहरीले आज फेरि पक्राउ गरेको हो ।
यसअघि नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयलाई लिएर गगन थापामाथि आर्थिक चलखेल भएको भन्दै भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोपमा उनी पक्राउ परेका थिए । सो विषयमा कारबाही गर्न निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्राचारसमेत गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्