काठमाडौँ । नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते हुने भएको छ । यसअघि उक्त सभा ७ गते हुने भनिएकोमा १ दिन पहिला सारिएको हो ।
शनिबार बसेको मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ । बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरहुतीया गाछीमा मधेस सभा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेशकुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकमा मधेस सभाको तयारी, व्यवस्थापन तथा सङ्गठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रबाट सहभागीहरू बोलाउने निर्णय गरिएको छ ।
उक्त सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने केन्द्रका पदाधिकारीहरूको समेत उपस्थिति रहने नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्