Skip to content

१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन भएको छ । शैली थिएटर रूसी सदन काठमाडौँ र ओजस थिएटरको आयोजनामा एक हप्ता लामो महोत्सवको आज समुद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कवि, नाटककार साहित्यकार एलबि क्षेत्रीले,“नाटक विधालाई महत्त्वपूर्ण रूपमा लिनु आवश्यक रहेको बताए । “उनले,“नाटकको इतिहास ऐतिहासिक रहेको र यसलाई यथार्थता परक बनाउन सधैं सबै पक्ष समेटसनुपर्ने बताए ।
उनले नाटकको विधा नै यस्तो हो जस्ले सधैं जीवन्तता प्रदान गर्ने बताउदैँ सशक्त र अनुकरणीय भुमिका निर्वाह गरिरहेको बताए । उनले, नाटकका पात्रहरू सधैं जिवित रहने भएकाले बाल नाटकलाई शिक्षाको स–शक्त माध्यमका रूपमा प्रस्तुत गर्नुपर्ने बताउँदै बालबालिकाले मञ्चलाई आफ्नो सपना प्रस्तुत गर्ने लक्ष्य राख्नु आवश्यक रहेको बताए ।
बाल नाटक महोत्सवका संयोजक महेश पौडेलले, सरकारी निकायले नाटक विधालाई महत्त्वपूर्ण रूपमा नहेरे सम्म यस्को विकास नहुने बताए । उनले, जीवन्त विषयवस्तुलाई वस्तुनिष्ठताका आधारमा जबसम्म नियालिदैन तबसम्म यस्को वृद्धि विकास हुनेमा शंका रहेको बताए ।
त्यस्तै, रूसी सदन काठमाडौँका डिरेक्टर अनास्थासिया खोकोलोभाले, यो वर्षका लागि नाटक महोत्सव निकै अर्थपूर्ण रहेको बताउँदै, नेपाल र रसियाको कुटनैतिक सम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको सन्दर्भले झनै महत्त्वपूर्ण बनाएको बताइन् ।
उनले, अब आउने वर्षहरूमा पनि यस्तै कार्यक्रम निरन्तर हुने बताउदैँ उनले । नाटक महोत्सवले निकै वर्षदेखि यो परियोजनालाई जिवन्तता दिने बताइन् ।
त्यस्तै उद्घाटन सत्रमा दुईवटा नाटकहरू हामी एउटै हौँ र पार्वती प्रस्तुत गरिएको थियो । जसमा ‘हामी एउटै हौँ’ प्रतियोगि नाटक हो भने, “पार्वती“ अप्रतियोगी नाटक हो । त्यस्तै, कार्यक्रममा शान्तदास मानन्धर पुरस्कार राम बाबु सुवेदीलाई प्रदान गरिएको थियो भने ।
१८ वटा नाटकहरू प्रस्तुत हुनेछन् । नगद सहित ट्रफी र पुरस्कारहरू प्राप्त गर्नेछन् । महोत्सव आगामी फागुन २ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार