Skip to content

यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।

काठमाडौंबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको बा ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार दुर्घटनामा परेको हो। बस सडकबाट अनियन्त्रित भई तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमै मृत्यु भएको उद्धारमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिएका छन्। साथै, ६ जनालाई सकुशल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

घटनास्थलमा प्रहरी तथा स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार