काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक संरचना र कानुनी व्यवस्था पर्याप्त रहेको बताएकी छन्। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आयोगले सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले अख्तियारले पछिल्लो समय सक्रिय र निर्भिक रूपमा काम गरिरहेको बताउँदै त्यसको प्रशंसा गरिन्। तर संरचना र कानुनी व्यवस्था हुँदाहुँदै पनि भ्रष्टाचार अपेक्षाकृत रूपमा कम हुन नसकेकोमा भने उनले चिन्ता व्यक्त गरिन्।
‘मुलुकमा सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण पहिलो र अनिवार्य सर्त हो,’ उनले भनिन्, ‘समाजमा न्याय र सुरक्षाको न्यूनतम मापदण्ड पनि भ्रष्टाचारविहीन अवस्थामा मात्रै सुनिश्चित हुन्छ।’
प्रधानमन्त्री कार्कीका अनुसार नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना निर्माणको अन्तिम चरणमा पुगेको छ। भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइका लागि विशेष अदालतको व्यवस्था रहेको स्मरण गराउँदै उनले शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइन्।
जेनजी आन्दोलनको म्यान्डेटलाई स्मरण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको प्रमुख जिम्मेवारी सरकार र कार्यकारी निकायकै हुने स्पष्ट पारिन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्