काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईस्थित वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ।
दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन्। पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो। समूह ‘सी’ बाट सुपर–८ चरणमा पुग्ने सम्भावना कायम राख्न दुवैका लागि आजको खेल निर्णायक मानिएको छ।
टी–२० फर्म्याटमा नेपाल र इटालीबीच यो पहिलो भेट हो। यसअघि ५० ओभरको खेलमा तीन पटक प्रतिस्पर्धा हुँदा नेपालले सबै खेल जितेको थियो। दुवै टोलीबीचको पछिल्लो भेट सन् २०१३ मा भएको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोतका रूपमा रहेका छन्। कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, नन्दन यादव र शेर मल्ल टोलीका मुख्य खेलाडी हुन्। डेथ ओभरमा बलिङ नियन्त्रण सुधार गर्नु नेपाली टोलीका लागि चुनौतीको रूपमा देखिएको छ।
इटाली भने पहिलोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्