काठमाण्डौ । आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महोत्तरीको सम्सी गाउँपालिका–१ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–९ बस्ने ४१ वर्षीय जटाधर राउत, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–३ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–३ बस्ने ४१ वर्षीय ठमराज नेपाली परियार र ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने ३९ वर्षीय रामकुमार राई रहेका छन् ।
जटाधरले बेलायत र रोमानिया पठाइदिने भन्दै पाँच जनाबाट ८० लाख तथा ठमराज र रामकुमारले संयुक्त अरब इमिरेट्स ९यूएई० पठाइदिने भन्दै एक जनाबाट २ लाख ८० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्