Skip to content

राष्ट्रिय महिला-पुरुष हक्की प्रतियोगिता फागुन ४ गतेदेखि आयोजना हुने

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाल हक्की संघले यही फागुन ४ गतेदेखि ११ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आयोजना गर्न गर्ने भएको छ ।
शुक्रबार संघले पत्रकार सम्मेलनमार्फत गर्दै ४ गतेदेखि ११ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो ।

राष्ट्रिय हक्की प्रतियोगिता दशरथ रंगशालामा हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिलातर्फ ५ टिम प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, सुदुर पश्चिम प्रदेश र नेपाल पुलिस क्लब सहभागी छन्। पुरुष टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीअनुसार खेलाइनेछ ।

महिलातर्फ कोशी प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदुर पश्चिम र बागमती प्रदेश टिमले राउन्ड रोबिन लिग प्रणालीअनुसार प्रतिस्पर्धा गर्नेछन्।
पुरुष र महिलातर्फ शीर्ष तीन स्थान हासिल गर्ने टिमलाई क्रमशः रुपैयाँ ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। विधागत उत्कृष्ट खेलाडीलाई जनही रुपैयाँ ५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई रुपैयाँ २ हजार नगद पुरस्कार दिइनेछ। प्रतियोगिता सञ्चालनका लागि करिब ४० लाख खर्च अनुमान गरिएको छ ।

नेपाल हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले कार्यक्रमका बारेमा जानकारी गराउँदै भने, ‘हामीले हक्कीको वार्षिक क्यालेन्डर तयार गरी कार्यक्रम सञ्चालन गर्दै आएका छौं। पूर्वाधार नभएको अवस्थामा धुलिखेलमा जग्गा समेत प्राप्त गरी डिपीआर तयार गरिसकेका छौं र हाल ईआइको काम अघि बढिरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार