काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्ने तयारी पूरा गरेको छ । पार्टीले आगामी आइतबार घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको हो ।
कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार–प्रसार समिति संयोजक देवराज चालिसेका अनुसार घोषणापत्र सार्वजनिक गर्न आइतबार दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिनेछ ।
यसपटक कांग्रेसले परम्परागत ‘घोषणापत्र’ शब्दको सट्टा ‘प्रतिज्ञा पत्र’ नाम दिएर आफ्नो प्रतिबद्धता सार्वजनिक गर्न लागेको जनाएको छ । पार्टीले निर्वाचनमार्फत जनतासामु प्रस्तुत गरिने नीतिगत योजना, कार्यक्रम तथा प्राथमिकताहरू समेटेर प्रतिज्ञा पत्र ल्याउन लागेको हो ।
कांग्रेसले प्रतिज्ञा पत्रमार्फत आगामी पाँच वर्षका लागि आफ्नो राजनीतिक, आर्थिक तथा सामाजिक एजेन्डा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । पार्टीका अनुसार प्रतिज्ञा पत्रले मुलुकको समग्र विकास, सुशासन तथा आर्थिक सुधारका विषयलाई प्राथमिकतामा राख्नेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्