काठमाण्डौ । गएको माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले ५ अर्ब नौ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन् ।
पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन भएकोमा माघमा भने केही घटेको हो । मालपोतको राजस्व सङ्कलनल लगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न सकेको छैन ।
विभागका अनुसार गएको माघ महिनामा कूल ५० हजार ८ सय ३७ लिखत पारित भएको छ । गएको वर्षको तुलनामा यसवर्षको माघमा लिखत पारितको सङ्ख्या केही बढेको छ ।
विभागका अनुसार गएको माघमा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४ सय ८८ रुपैयाँ, रजिस्ट्रेसन दस्तुर २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५ सय ३२ रुपैयाँ सङ्कलन भएको थियो ।
त्यसैगरी पुँजीगत लाभकरबापत १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २ सय ६७ रुपैयाँ सङ्कलन भएको विभागले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्